विकट पहाडी जिल्ला खोटाङको सामान्य परिवारमा जन्मिएका अधिवक्ता विष्णु गिरीले मेहनत, इमानदारिता कारण नै कानुन व्यावसायको क्षेत्रमा आफूलाई अब्बल सावित गरेका छन् । पछिल्लो समय अनलाईन दर्ता खारेजी, पत्रकारलाई खोप व्यावस्थापन गराउन अन्तरिम आदेश लगायत नागरिकता अध्यादेश खारेजी जस्ता राष्ट्रिय मुद्धा जितेपछि उनी चर्चामा छन् । त्यस्तै एनले पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहयोग गदै आएका छन् ।
२०५८ सालमा मोरङबाट काठमाडौ खालिखुट्टा छिरेका गिरी बहुआयामिक व्यक्तित्व हुन् । सफल कानुन व्यावसायीका रुपमा स्थापित उनीसँग पत्रकारिताको लामो अनुभव छ । त्यस्तै पत्रकार महासंघको विभिन्न तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेर काम गरेको अनुभव पनि छ ।
दुःख र सघर्षका ती दिनमा आफूलाई निरन्तरता दिदै आएका उनी कुनै वदनामी र विवादित छविका व्यक्तिको रुपमा पर्दैनन् । सकारात्मक मार्गमा लैजान असल नियतले गरिने आलोचनाहरू पनि स्विकार्य हुनुपर्छ भन्ने मान्यता राख्ने गिरी सुरुमा कुनैपनि मुद्धा नआएपछि निरास जस्तै बनेर वरिष्ठ अधिवक्ताहरुको झोला बोक्न पनि खोजेका थिए । तर त्यो पनि नपाएपछि सार्वजनिक महत्वका विषयलाई उठान गरेर न्यायीक लडाईमा अधि बढे र मुद्धा पनि जित्दै गए । उनको चर्चा बढ्दै गयो । अहिले उनको ल फर्ममा पर्याप्त मुद्धाहरू छन् ।
विकट पहाडी जिल्लामा समान्य परिवारमा जन्मिएका गिरी मेहनत, इमानदारिता र कुशल व्यवस्थापकीय क्षमताकै कारण आफू सफल भएको बताउछन् ।
गिरी मानिसको जीवनकालमा अत्याधिक समस्या, चुनौती र उतारचढाव आईरहन्छन् । तर समस्यालाई पहिचान गरी सकारात्मक सोचका साथ अगाडी बढ्न सकेमा जस्तो सुकै सफलता पनि हात पार्न सकिन्छ भन्ने सोच राख्छन् ।
गिरीका अनुसार सुरुमा उनको काठमाण्डौ बसाई निक्कै कष्टकर थियो । व्यावसायमा सफल बन्नु सहज कुरा होईन । निरन्तर मिहिनेत र अथक प्रयासबाट मात्र कुनैपनि कुरामा सफल बन्न सकिन्छ । अथक मेहनत र परिश्रमबाट प्राप्त भएको सफलतालाई बचाई राख्न र समाजको हितमा खर्च गर्न पक्कैपनि चुनौतिपूर्ण काम हो भन्ने अधिवक्ता गिरी अझै पनि न्याय क्षेत्रमा शुद्धिकरणको आवश्यकता रहेको बताउँछन् । न्याय सम्पादनको कामलाई छिटो छरितो तरीकाले सम्पन्न गर्नको लागि सुधार आवश्यक छ ।
अधिवक्ता गिरीले मोरङ पब्लिक मा.वि धनिबनी गाउँबाट एसएलसी उत्र्तीण गरेका छन् भने काठमाण्डौको रत्न राज्य क्याम्स, त्रिभुवन विश्व विद्यालय तथा नेपाल ल क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका छन्् ।
कुनै काम कानुनसम्मत भएन भन्ने लागेमा अधिवक्ता गिरी रिट बोकेर सर्वोच्च पुगिहाल्छन् । अधिकांश मुद्दामा उनको जित पनि भएको छ ।
आफ्नो पेशा प्रती इमानदार र जिम्मेवार व्याक्तीको रुपमा चिनिएका गिरीको श्रीमती र १ छोरी १ छोरा छन् ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको तालिम समेत लिएका । अधिवक्ता गिरीले कोरिया जापान थाइल्याण्ड कम्बोडिया, बङलादेश, भारत, चिन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् । त्यस्तै दर्जनौं सम्मान तथा पुरस्कार समेत प्राप्त गरेका छन् ।