धनगढी । राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिममा प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ माओवादी केन्द्रकी रेनु चन्द, अपांगतर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएका हुन् ।
निर्वाचन कार्यलयका अनुसार चन्दले ४ हजार ४५३ मत प्राप्त गरेर विजयी भइन् भने भट्टले ४ हजार ४१९ मत र बोहराले ४ हजार ३४७ मत पाएर विजयी भएका हुन् ।
सुदूरपश्चिममा तीन पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।




