June 22, 2024, Saturday
२०८१ असार ९
1:37:26 pm

एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चार जनाको उम्मेदवारी

1.5K

काठमाडौं । नेकपा एमाले सुदूरपश्चि प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश अध्यक्ष बन्न चार जनाले मनोनयन दर्ता गराएका छन् । सहमितको सबै प्रयास असफल भएपछि आजबाट सुरु भएको निर्वाचन कार्यक्रमअन्तर्गत अध्यक्षमा चार जनाले उम्मेदवारी दिएका हुन् ।

आइतबारबाट सुरु भएको अधिवेशनमा अध्यक्षका लागि अछामका नेतात्रय कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र कञ्चनपुरका बचनबहादुर सिंहले मनोनयन दर्ता गरेका छन् ।

उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र साँझ ५ बजेदेखि मतदान सुरू गर्ने निर्वाचन समितिको तयारी छ ।

Advertisement