September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

सुदूरपश्चिम सरकारमा नाउपाबाट रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री बन्दै

645

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सुदूरपश्चिम सरकारमा सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री हुने भएका छन् । नाउपाबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी नियुक्त हुने भएका हुन् । 

उनीहरूको आज साँझ ४ बजे शपथ ग्रहण हुने भएको छ ।

सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय पनि रिक्त रहेको छ । गत असार ५ गते नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानून मन्त्री बनेका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको छ ।

Advertisement