September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु

830

बैतडी । बैतडीमा पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु भएको छ । यहाँस्थीत पहिरोले २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको हो ।
मृतक अञ्जुका सासुआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते छन् । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी छन् । मृतक अञ्जुका श्रीमान भने रोजगारीको सिलसिलामा भारतमा छन् ।

स्थानीयका अनुसार घरमा पूर्ण क्षति पुगेको छ । करिब एक दर्जन चौपाया समेत मरेका वडा सदस्य कृष्ण बोहराले जानकारी दिएका छन् ।

Advertisement