November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सुदूरपश्चिम प्रदेशको नाम संशोधन गरी ‘खप्तड थरुहट’ राख्न नागरिक उन्मुक्ति पार्टीको माग

2.1K

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग गरेको छ । आइतबार प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम संशोधन गरी ‘खप्तड थरुहट’ राख्नुपर्ने माग गरेका हुन् ।

प्रदेश सभाको लोगो संशोधनका लागि समिति गठन गरिएको विषयलाई स्वागत गर्दै चौधरीले प्रदेशको नाम पनि सान्दर्भिक नभएकाले संशोधन गर्नुपर्ने माग गरेका हुन् । उनले भने, ‘प्रदेशको लोगो संशोधन गर्न समिति गठन गरिएको कुराको स्वागत गर्न चाहन्छु । लोगो मात्र फेरिएर हुँदैन, प्रदेशको नाम पनि फेरिनुपर्छ । सुदूर शब्द राज्य, समुदाय र प्रदेशबाटसमेत टाढा राखिएको भान भएको छ । नाम संशोधन गरिनुपर्छ । यहाँको समुदाय र संस्कृति झल्किने गरी खप्तड थरुहट प्रदेश राख्नुपर्छ ।’

सुदूरपश्चिम प्रदेश सभाको लोगो सान्दर्भिक नभएको भन्दै प्रदेश सभा सदस्य पदमबहादुर शाहीको संयोजकत्वमा संशोधन समिति गठन गरिएको छ ।

Advertisement