June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

प्रधानमन्त्री देउवा चडेको हेलिकोप्टर अति प्रभावित क्षेत्र थलारामा अवतरण हुन सकेन

5.1K

काठमाडौं । सुदूरपश्चिमको विभिन्न बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा बझाङ पुगेका छन् ।

बझाङ जिल्लाको अति प्रभावित क्षेत्र थलारामा हेलिकोप्टर अवतरण हुन नसकेपछि सदमुकामस्थित सेनाको ब्यारेकामै अवतरण भएको छ ।

प्रधामन्त्री देउवा अहिले बझाङस्थित सेनाकै हलमा जिल्ला स्तरका प्रशासन, सुरक्षा निकाय र जिल्लाका प्रमुख व्यक्तिसँग जिल्लाको रिपोर्टिङ लिइरहेका छन् ।

Advertisement

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न निस्किएका विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवासहितको टोली विहीबार विहान ८ बजे काठमाडौंबाट बाढी पहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन गर्न निस्किएको थियो ।