January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

सुदूरपश्चिमको बजेट अधिवेशन २१ गते बोलाउन सिफारिस

3.7K

धनगढी : सुदूरपश्चिम सरकारले आगामी जेठ २१ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बसेको बैठकले २१ गते ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले जानकारी दिइन्। 

mostbet

मन्त्रिमण्डल विस्तार भएपछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले जोशीलाई प्रवक्ता तोक्ने निर्णय पनि गरेको हो। यस्तै डोटीमा शनिबार राति जलाइएकी लक्ष्मी भाटलाई दुई लाख दिने र कञ्चनपुरको महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय पनि भएको प्रवक्ता जोशीले जानकारी दिइन्।

Advertisement