January 20, 2026, Tuesday
२०८२ माघ ६
1:37:26 pm

क्रिकेट खेलाडी मिनश थापाको दुर्घटनामा परी मृत्यु

950

काठमाडौँ । कोशी प्रदेशका क्रिकेट खेलाडी मिनश थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । कोशी प्रदेश क्रिकेट संघले थापाको दुर्घटनामा निधन भएको जानकारी दिँदै थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

सङ्घले शोक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मिनाश कोशी प्रदेशको क्रिकेट विकासमा महत्त्वपूर्ण योगदान दिने एक प्रतिभाशाली खेलाडी हुनुहुन्थ्यो । उहाँको असामयिक निधनले नेपाली क्रिकेट, विशेषगरी कोशी प्रदेशले एक उज्ज्वल भविष्य बोकेको खेलाडी गुमाएको छ ।’

mostbet

विराटनगर महानगरपालिका–५ निवासी थापा  विराटनगर–४ स्थित भित्री सडक खण्ड हुँदै एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। 

Advertisement

बिहानका राति करिब पौने १ बजेतिर मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ। । शवलाई पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। 

राष्ट्रिय क्रिकेट खेलाडी थापा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्दै ९ वर्षभन्दा लामो समयदेखि खेलिरहेका थिए। ब्याट्सम्यान उनले केही फ्रेन्चआई लिगसमेत खेलिसकेको परिवारले जनाएको छ। 

परिवारका अनुसार मृतक थापाका बुवा करिब डेढ दशकदेखि बेपत्ता छन्। उनी आमा तनुजा थापा र भाइ प्रदीप थापासँगै बस्थे।

 मोटरसाइकल नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।