April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरे आमरण अनशन

965

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । उनी मंगलबार प्रदेश सभा अगाडिको वनस्खण्डी महादेव मन्दिर परिसरमा अनशन बसेका हुन् ।

कार्कीले वर्तमान प्रदेश सरकारले आफू मुख्यमन्त्री भएको बेलामा ल्याइएको कार्यक्रमहरु हटाइदिएको भन्दै उनले अनशन सुरु गरेका हुन् ।

वर्तमान सरकारले दश वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, घिउ तथा धुलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रम, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति, डाक्टर, इन्जिनियर लगायत बिभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति, जनावरमैत्री जंगल कार्यक्रम हटाएको विरुद्धमा उनले अनशन सुरु गरेका छन् ।

Advertisement

उनको अनशन रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश सभा भवन परिसरको स्थानलाई निषेधित क्षेत्र घोषणा समेत गरेको थियो । जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गर्दा पनि उनी अनशन बसेका हुन् ।