April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

धरानको घटनाबारे प्रदेश पुनः नामांकन संघर्ष समितिको चासो

1K

धरान । धरानमा पहाडबाट पढ्न आउने एक महिला वेश्यावृतिमा लाग्छन् भन्ने विवादित भिडियोको कारण आक्रोशित भइरहेको धरानमा संयुक्त संघर्ष समितिले अभिव्यक्ति दिने महिलाविरुद्ध उजुरी दिदा प्रशासनले चासो नदेखाएपछि झनै ठूलो रुप लिने अवस्थामा छ ।

विद्यार्थीलाई वेश्यावृति गरेको भन्ने ती महिलालाई धरानको बीपी अस्पतालमा आक्रोशित महिलाहरू साउन २ गते जाईलागेका थिए । समितिले भने अनुसार सोही दिन ती महिलामाथि अभद्र व्यावहार गरेको आरोपमा पाँच जना र पछि चार गरी नौ जनालाई प्रहरीले पक्रेर जिल्ला प्रहरी कार्यालय इनरुवामा राखिएको छ । पक्राउ परेकामा समीर तामाङ, सिर्जना बेघा, चन्द्रकला थेवे, मुना राई, प्रमिला राई, शर्मिला राई, शर्किनी थापा मगर, पूर्ण बान्तवा राई र सङ्गीता राईलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

पहिचानसहितको पुन नामकरण अभियान समितिको संयोजक डकेन्द्रसिंह थेगिम लिम्बू, रामभक्त कुरुम्बाङ, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन राईले शनिवार प्रदेश प्रहरी प्रमुख डीआइजी चन्द्रकुबेर खापुङ, सुनसरी प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, जिल्ला प्रहरी प्रमुख एसपी बिपिन रेग्मीलाई भेटेर घट्नाको जानकारी र बन्दी रिहाइको प्रयास गरेका छन् ।

Advertisement

पक्राउ पर्ने व्यक्तिहरू अधिकांश पहिचानको आन्दोलनको नेता, कार्यकर्ता रहेका छन् । प्रशासन प्रमुखसँगको भेटपछि धरान पुगेर पहिचानको आन्दोलनका नेताहरू जेन्टल लावती, सीताराम राई, मेयर हर्क साम्पाङ समर्थक नेतृ मिना सिंघक लगायतसँग भेट गरेर जानकारी लिएका थिए । बन्दी रिहाइको माग गर्दै धरानको भानु चोकमा दैनिक ३ बजेदेखि आन्दोलन भइरहेको छ ।

तत्काल बन्दीको रिहाइ र धरानका आम महिलाहरूलाई आरोप लगाउने महिलालाई कारबाही नगरे अझ कडा आन्दोलन गर्ने चेतावनी दिदै आएको छ ।