विराटनग । राष्ट्रिय मुक्ति क्रान्तिका पूर्वी कामण्डले धरानमा बृहत् मोटरसाइकल र्याली प्रदर्शन गरेको छ ।
शनिबार राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो र राष्ट्रिय मुक्ति क्रान्तिका नेता बुद्ध छिरिङ मोक्तानको सहभागीतामा मोटरसाइकल ¥याली प्रर्दशन गरिएको हो ।
धरानको तीनकुने देखि सुरु भएको ¥याली बजार परिक्रमा गरेर होटल इजि राइडर्समा पुगेर सम्वादात्मक कार्यक्रममा परिणत भएको थियो ।
¥यालीमा करिब २ सय भन्दा बढीको सहभागिता रहेको श्यामसेरिङ लिम्बूले जानकारी दिए ।