विराटनगर । इलामको ग्रामीण भेगहरूमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रहरी कार्यालय इलाम र सन्दकपुर गाँपालीका इलामको संयुक्त आयोजनामा सन्दकपुर गाँपालिकाको ४ र ५ नम्बर वडामा सचेतनामूलक कार्यक्रम संचालन भएको हो ।
सन्दकपुर गाँउपालिका वडा नं. ४ स्थित भगवती माध्यमिक विद्यालय जमुना र वडा नं. ५ स्थित प्रमोध माध्यमिक विद्यालय माबुमा संचेतनामूलक कार्यक्रम संचालन भएको हो ।
कार्यक्रममा जनप्रतिनिधिहरू, विद्यालयका शिक्षक, विद्यार्थी, स्थानिय जनताहरुलाई लागुऔषध, साईबर अपराध, बाल विवाह र आत्महत्या सम्बन्धी जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक वासुदेव खतिवडाले प्रशिक्षण दिए ।
कार्यक्रमको अन्त्यमा सोही विषय वस्तुमा आधारित सन्देश मुलक प्रचार पम्प्लेट समेत वितरण गरिएको थियो ।