December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

तेह्रथुमको छथर गाउँपालिकास्थित शुक्रबारेमा चाडपर्व लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न

670

विराटनगर । तेह्रथुमको छथर गाउँपालिकाको शुक्रबारेमा ‘चाडपर्वको समयमा घट्न सक्ने विभिन्न किसिमका अपराधिक घटना रोकथाम,न्यूनिकरण तथा मानव बेचविखन कसुर सम्बन्धि’ सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान २०८०’ अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।

शुक्रबारे बजारमा मानिस, सार्वजनीक सवारीमा सवार गर्ने यात्रीहरू, चालक, सहचालक तथा बजारमा किनमेल गर्न आएका मानिसहरू भेला गरी चाडपर्वलाई लक्षित गरि चाडपर्वको समयमा घट्न सक्ने विभिन्न किसिमका अपराधिक घटना रोकथाम,न्यूनिकरण तथा मानव बेचविखन कसुर सम्बन्धि सचेतनामूलक कार्यक्रम संचालन गरिएको कोशी प्रदेश प्रहरी कार्यलयले जनाएको छ ।

बिहीवार आयोजना गरिएको उक्त सचेतनामुलक कार्यक्रममा प्रहरी चौकी शुक्रबारेमा कार्यरत प्र.स.नि.कृष्ण ब.बस्नेतको कमाण्डमा टोली खटिई कार्यक्रम संचालन गरिएको हो ।

Advertisement