March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

1.4K

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेसको आज बसेको संसदीय दलको बैठकले विश्वासको मम दिने निर्णय गरेको हो ।

उद्धव थापाकै अध्यक्षतामा बसेको बैठकले कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो । थापाले आइतबार संसदीय दलको नेताबाट राजीनामा दिए पनि राजीनामा स्वीकृत नभएको कारण उनकै अध्यक्षतामा बैठक बसेको हो ।

मुख्यमन्त्री कार्की पार्टीबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उयनलाई एमाले, माओवादी र नेकपा एले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

Advertisement