October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

साकेलामा सौर्य सडक बत्ती जडान

1.7K


साकेला । साकेला गाउँपालिकामा सौर्य सडक बत्ती जडानगरिएको छ । बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले तोकेको मापदण्डअनुसारगाउँपालिकाको मानेभञ्ज्याङ बजार क्षेत्रमा छ वटा सौर्य सडक बत्ती जडान गरिएको हो ।
सौर्य सडक बत्ति स्थापना गरि नवीकरणीय उर्जा प्रवर्द्धन गर्दै रात्रीकालिन अवस्थामा आवत–जावतलाई सहज बनाउनुका साथै शान्ति सुरक्षाको प्रत्याभूत गरि दूर्घटनामासमेत कमी ल्याउने प्रमुख उद्देश्य भएको साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईले बताए
गाउँपालिकालाई सुन्दर र सुरक्षित हिसावले पर्यटकीय गन्तव्यको रुपमा विकास गराउने पालिकाको प्रमुख लक्ष्य भएको बताउँदै रात्रीकालिन आवतजावतमा सहजताका साथै सुरक्षाको प्रत्याभूत प्रदान गर्नका लागि सौर्य सडक बत्तिको आवश्यकता भएको प्रमुख राईको भनाई छ । आगामी दिनमा गाउँपालिकाको बजारक्षेत्र र गाउँपालिकासम्म पुग्ने सडकहरुमा सौर्य बत्ती जडान गर्दै लगिने उनको भनाई छ ।
हालका लागि नविकरणीय उर्जाको ७ लाख ८० हजार लागतमा मानेभञज्याङ बजार क्षेत्रमा ६ वटा सौर्य सडकबत्ति जडान गरिएको छ । बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले तोकेको मापदण्डअनुसार स्वीकृति प्राप्त सोलार कम्पनीबाट सौर्य सडक बत्ती जडान गरिएको हो ।
साकेलामा नेपाल टेक ग्रुप कम्पनी ललितपुरले सौर्य सडक बत्ति जोड्ने जिम्मा लिएको थियो । केन्द्रको मापदण्डमा सोलार प्यानलमा २० वर्ष, ब्याट्रीमा पाँच वर्ष र सौर्य बत्तीमा दुई वर्षको ग्यारेन्टी हुनुपर्ने व्यवस्था गरिएको छ । सौर्य सडक बत्ती जडान गरिएपछि विद्युत खपतमा कमी आउने र सरकारको विद्युतभार कटौती अभियानलाई पनि महत्वपूर्ण सहयोग पुगेको छ ।