September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

ताप्लेजुङमा तरुण दलको प्रदर्शन, प्रर्दशनकारी र प्रहरीबीच झडप

400

विराटनगर । ताप्लेजुङमा नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले प्रदर्शन गरेको छ । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूको निलम्बन माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रर्दशनकारी र प्रहरीबीच झडप समेत भएको छ ।

प्रदेश सांसद खगेनसिं हाङ्गाममाथि प्रहरीले कुटपिट गरेको भन्दै आन्दोलित बनेका तरुण दलको टोलीले जिल्ला प्रशासन कार्यालय घेराउ गरिरहेका छन् । प्रदर्शनकारीहरूले जिल्ला प्रहरी कायालयमा ढुङ्गा प्रहार गरेका छन् भने प्रदर्शन रोक्न प्रहरीले हवाई फायर गरेको छ ।

बिहीबार राती १० बजे प्रहरीले सांसदको निवासको ढोकामा लात्ती हान्नुका साथै आक्रमण गरेको आरोप छ । हांगामको घरमा पुगेर प्रहरी टोलीले हुलहुज्जत गरेको र पेस्तोल तेस्र्याएर ‘कक’ गरेको दाबी गरेका छन् ।

Advertisement