April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पत्रकार प्रदीप मेन्याङ्बो प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मानित

3.9K

विराटनगर । पत्रकार प्रदीप मेन्याङ्बो प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । उनी १६औं गणतन्त्र दिवसको अवसरमा १ लाख नगद र सम्मानपत्रसहित पुरस्कृत भएका हुन् । 

मेन्याङबोलाई सोमबार प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदीप मेन्याङ्बोलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।

उनी तीन दशकदेखि सुनसरीको धरानमा रहेर व्यावसायिक पत्रकारिता गर्दै आएका छन् । पछिल्लो समयमा मौलिक पहिचान जनित याक्थुङ मुन्धुमी साहित्यमा पनि कलम चलाइरहेका उनलाई गणतन्त्र प्राप्तिका लागि पत्रकारिताको माध्यमबाट गरेको योगदानको कदर गर्दै प्रदेश सरकारले विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालय परिसरमा आयोजित सामारोहमा पुरस्कृत गरेको हो ।

Advertisement