धरान । स्वर्णिम साहित्य समाज बराहक्षेत्र–३ ले आयोजना गरेको पहिलो संस्करणको ‘स्कुलमा कविता’को उपाधी वसन्तऋतु मावि बराहक्षेत्र–७, कक्षा–१० का आर्यन निरौलाले चुमेका छन् ।
शनिबार बराहक्षेत्र –५ स्थित ब्लु स्काई पार्टी प्यालेसमा सम्पन्न उत्कृष्ट १० प्रतियोगीबीच भएको प्रतिष्पर्धामा ९ प्रतिष्पर्धिलाई उछिन्दै निरौलाले सो उपाधि चुमेकी हुन् । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा स्काई इङ्लिस स्कुल बराहक्षेत्र –३ नडाहाकी पुष्पा घिमिरे, राजावास इङ्लिस बोर्डिङ स्कुल बराहक्षेत्र –१० कि सुस्मिता खत्री र मुनविम एकेडेमी बराहक्षेत्र –५ कालाबन्जरकी इशा सुवेदीले क्रमशः दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्दै नगद तथा विभिन्न सामग्री प्राप्त गर्न सफल भएका हुन् ।
विजेता आर्यन निरौलाले नगद १० हजार, ट्रफी, प्रमाणपत्र, एक झोला किताब र साहित्य पोष्टले उपलब्ध गराएको एक बाक्सा किताब प्राप्त गरेका छन् । यस्तै दोस्रो हुने पुष्पा घिमिरेले नगद ५ हजार, प्रमाणपत्र, एक झोला किताब प्राप्त गरिन् । तेस्रोले नगद ३ हजार, प्रमाणपत्र र एक झोला किताब प्राप्त गर्न सफल भइन् भने सान्त्वना हुने इशा सुवेदीले नगद २ हजार, प्रमाणपत्र र एक झोला किताब प्राप्त गरिन् ।
मनोकामना सप्लायर्सका प्रोपाइटर रमेश हतुवालीले सान्तवना र तेस्रोलाई क्रमशः ३ हजार र २ हजार प्रोत्साहन स्वरुप पुरस्कार थपिदिएका थिए । उक्त पुरस्कार पुरस्कार सौजन्यदाता ओम भट्टराईका बुबा हर्कबहादुर भट्टराई, रमेश हतुवाली, विशेष अतिथि, प्रमुख अतिथि र सभाध्यक्षले प्रदान गरेका थिए भने ट्रफीका सौजन्य दाता अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह भारतका उपाध्यक्ष भीम विरहीले प्रदान गरेका थिए ।
यस्तै अन्य ६ जनालाई प्रमाणपत्र, मेडल, एक झोला किताब प्रदान गरिएको थियो । सोही अवसरमा समाजले आफ्ना सदस्य छबिना लुङ्गेली मगरलाई ‘पोएट आइडल’को उत्कृष्ट १२ मा पर्दै आफ्नो संस्था र सिङ्गो बराहक्षेत्रको शिर उच्चो पारेको भन्दै नगद ५ हजार र सम्मान पत्रले कुलपति भुपाल राईको हस्तबाहुलीबाट सम्मान अर्पण गरिएको थियो ।

कार्यक्रम सुरु हुनुअघि कुलपति भूपाल राईलाई साकेलाको झाँकीसहित र्यालीले बजार परिक्रमा गराएको थियो भने पात्लेपानी कला साहित्य प्रतिष्ठान, हतुवागढी भोजपुरका संस्थापक विश्वजित राईद्वारा कुलपति भुपाल राईलाई फेटा गुथाएर शिर उठाउनी गरिएको थियो ।
कार्यक्रममा स्थानीय कवि छबिना लुङ्गेली मगर र अतिथि टीका आत्रेयले कविता वाचन गरेकी थिइन् । वक्ताहरु प्राध्यापक रमेश काफ्लेले ‘बराहक्षेत्रको बाल साहित्य’ र प्राज्ञ मुनाराज शेर्माले ‘हामीले लेख्नुपर्ने अबको कविता’ शीर्षकमाथी बोलेका थिए । गायक निरज राई र बाल गायक राजेश परियारले कार्यक्रमलाई सङ्गीतमय बनाएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुलपति भूपाल राईले भने, ‘प्रज्ञा कमलादीमा उङ्दै बस्ने हैन, गाउँ र विकट बस्ती घुम्नुपर्छ, अनि मात्र नेपाली साहित्यको खास अवस्था बुझ्न सकिन्छ ।’ उनले सोही शिलशिलामा आफू बराहक्षेत्रको यो साहित्यिक उर्वरभूमिमा आइपुगेको बताए । अबको प्रज्ञा काठमाडौंमा सिमित नहुने दृढतासमेत व्यक्त गरे । उनले थपे, ‘प्रज्ञाले गर्ने कार्यक्रमहरु यता गाउँमा यो, स्कुलमा कविता, जस्तो भैरहेको छ । तर, हिजोको प्रज्ञाहरु सिमित र मुठ्ठीभरकामा मात्र केन्द्रीत भएर थुप्रै यस्ता उत्कृष्ट कार्यक्रमहरु ओझेलमा रहेको छ । अब त्यसो हुनेछैन । प्रज्ञामा म नयाँ ढङ्गले काम गर्ने मनसायका साथ उभिएको छु । प्रज्ञा हामी सबैको बनाउने क्रममा छु । आजको यो ऐतिहासिक कार्यक्रम देख्दा प्रज्ञाले परिकल्पना गरेको कार्यक्रम गाउँबाट सुरु भइसकेको अनुभूति भएको छ ।’

कार्यक्रम समापन गर्ने क्रममा सभाध्यक्षसमेत रहेका स्वर्णिम साहित्य समाजका अध्यक्ष प्रकाश दिप्साली राईले स्मरण गरेका थिए । ‘म नगरपालिकाले आयोजना गरेको साहित्यिक गोष्ठीमा एउटा कविता वाचन गर्न वडाअध्यको सोर्स लाउनुपर्ने नगरपालिकामा बस्छु । त्यो समचारले झण्डै पुर्व हल्लायो । धेरै जना म निकटका साथीहरु त्यहाँ कर्मचारी थिए, तर के कसो भयो ? सम्म भनेनन् । पदाधिकारी भनाउँदा र जिम्मेवार निकायले साहित्यलाई हेर्ने नजर यस्तो छ ।’ तर, आफू कहिल्यै हिम्मत नहारी यो गाउँमा साहित्यको श्रीवृद्धीको निम्ति २०६४ सालदेखि लागि परेको बताए । ‘स्कुलमा कविता’ कार्यक्रम चलाउँदै गर्दा हामीलाई सुरुमा जे आश्वासन दिइएको थियो त्यो बमोजिम ती वचनहरुनै अलमल रहेको बताए । ‘यहाँ उपस्थित हुनुहुने शुभेच्छुकहरु र स्थानीय निकायका जनप्रतिनिधिहरुको इच्छा छ । यो कार्यक्रम निरन्तर रहोस् । हामी साहित्यिक अभियानता हौं । यसलाई निरन्तरता दिन पाउँदा त्यो भन्दा अर्को खुशी हाम्रो निम्ति के हुन सक्छ ? तर हामीलाई भावना हैन व्यवहार चाहिएको छ । यो कार्यक्रम निरन्तरता दिन नगरपालिका र वडापालिकाले कस्तो भूमिका खेल्छ, त्यसैमा भर पर्छ । अचानक यो अनुत्पादक क्षेत्र, यो कार्यक्रम नगर्दा चैँ के हुन्छ ? भन्दै भने जस्तो बजेट विनियोजन गरिदिएन भने कहाँ सम्भव छ र ? त्यसैले स्थानीय निकायले दिल खोलेर साथ दियो भने वर्षौंसम्म यो कार्यक्रमले निरन्तरता पाउनेमा दुइमत छैन ।’, उनले अन्तमा पहिलो संस्करणको स्कुलमा कविता सम्पन्न गर्न साथ दिने सबैलाई धन्यवाद दिए ।
कार्यक्रमको सन्चालन समाजका सचिव लक्ष्मण कटुवालले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष शरण लिम्बुले राखेका थिए ।
