April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

प्रदेश १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले जुटाए ६० सांसदको समर्थन

1.8K

काठमाडौं । प्रदेश नम्बर १ मा नेकपा एमालेका हिक्मत कार्कीले चार दलको समर्थनमा मुख्यमन्त्री दावी पेस गरेका छन् । उनले ६० जना सांसदको समर्थन जुटाएका छन् ।

संसदीय दलका नेतासमेत रहेका कार्कीले माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान गरेका थिए । उक्त समयावधिभित्र कार्कीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन् ।

Advertisement

प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय छ । सरकार बनाउन ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीलाई एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी ६० जना सांसदको समर्थन रहेको छ । प्रदेशसभामा कांग्रेसको २९ र एकीकृत समाजवादीको ४ जना सांसदको प्रतिनिधित्व छ ।