November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

म संविधान र यही व्यवस्थाका लागि लडेको व्यक्ति हुँ, संविधान मिच्ने कुरै आउँदैनः भीम आचार्य

3K

काठमाडौ । प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले सजिलै सत्ता हस्तान्तरण नगर्ने संकेत गरेका छन् । मुख्यमन्त्री आचार्यले बुधबार प्रदेश सभाको नयाँ भवन उद्घाटन गर्दै सकेसम्म सबै दल सहभागी भएर सहमतिको सरकार बनाउने नभए दसैंपछि मात्रै विश्वासको मत लिने योजना रहेको खुलाएका छन् ।

संविधानको आफूअनुकूल व्याख्या गर्दै प्रदेश सरकारको आयु लम्ब्याउँदै आएका आचार्यले यस्तो संकेत गरेसँगै प्रदेशमा थप राजनीतिक द्वन्द्व बढाउने सम्भावना देखिएको छ ।

संसद भवन उद्घाटनमा सहभागी सबै विपक्षी दलका नेताहरूले अल्पमतमा परेका कारण मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए । उनीहरूले संविधान मिचेर सरकारको आयु लम्ब्याउने प्रयास नगर्न मुख्यमन्त्रीलाई चेतावनी दिएका थिए ।

Advertisement

नेताहरुको जवाफ दिँदै मुख्यमन्त्री आचार्यले भने, ‘म संविधान र यही व्यवस्थाका लागि लडेको व्यक्ति हुँ । संविधान मिच्ने कुरै आउँदैन। मेरो पहिलो प्रस्ताव यही सरकारमा तपाईं सबै दलहरू सहभागी बन्नुस् र चुनावसम्म सहयात्रामा जाऊँ भन्ने छ ।’

मुख्यमन्त्री आचार्यले असोज २४ भित्र विश्वासको मत लिइसक्नुपर्ने बताउँदै आएका प्रदेशका विपक्षी दलहरूले आजको कार्यक्रममा पनि सोही धारणा दोहो¥याएका छन् ।

मुख्यमन्त्री आचार्यले भने अहिले पनि एमाले सबभन्दा ठूलो दल भएको र अरू कोहीसँग बहुमत नभएको भन्दै सरकार छाडिहाल्नु पर्ने बाध्यता नदेखेको दाबी गरे ।