April 13, 2024, Saturday
२०८१ बैशाख १
1:37:26 pm

खोटाङमा दर्जनौँ प्रभावशाली नेताहरु कांग्रेसमा प्रवेश, नव प्रवेशीलाई अन्यायमा पर्न नदिने युवा नेता रविप्रकाश राईको प्रतिवद्धता

4.2K

इटहरी । नेकपा माओवादी केन्द्र र नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरि खोटाङका दर्जनौं नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका वडा नं ७ को आयोजनामा गरिएको पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशीहरुलाई नेताहरुले पार्टी प्रवेश गरेका हुन ।

नेपाली कांग्रेस पार्टाीमा प्रवेश गर्नेमा २०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेद्वार बनेका हरि प्रसाद चौलागाँई, जसपाका नेता कृष्ण थापा, एमालेका संगठित सदस्य दुर्गा खनाललगायत २ दर्जन बढी नेता कार्यकर्ता रहेका छन् ।
उनिहरुलाई पार्टीमा स्वागत गर्दै नेपाली कांग्रेस खोटाङका प्रभावसाली युवा नेता तथा नेपाली कांग्रेस महासमिती सदस्य एवं कार्यक्रमका विशिष्ट अथिति रविप्रकाशले राईले नवप्रवेशी नेता कार्यकर्तालाई नेपाली कांग्रेस भित्र कहिल्यै पनि अन्यायमा पर्न नदिने र उनिहरुको राजनीतिक जीवनको उचित मुल्यांकन गर्दै उपयुक्त जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै नेता रविप्रकाशले मुलुक नै कांग्रेसको मार्गमा हिडिरहेको बेला अन्य दलमा लागेर देश बनाउने संकल्प केवल दिवास्वप्न मात्र रहेको दावी गरे । उनले भने ‘हामीले भर्खरै बहिर्गमित एमाले अध्यक्ष केपी ओलीको शैली र सत्ता हेर्यौ, यसबाट पनि जनता अब प्रष्ट भईसकेका छन कि कम्युनिष्टले दिने भनेको केवल भ्रष्टाचार र समयको वर्वादी मात्र हो । त्यसकारण तपाईहरुको कांग्रेसमा प्रवेश गरेर कांग्रेसको लोकतन्त्र र विकासको मार्गमा देशलाई हिडाउने निर्णय झनै सान्दर्भिक र सम्मान योग्य छू, नेता राईले थपे ’ ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य तथा महासमिती सदस्य सरस्वती बजिमय, महाधिवेशन प्रतिनिधि सहरमान राई, जिल्ला सदस्यहरु प्रकाश श्रेष्ठ, सुमन बाबु आचार्य, दिनेश घिमिरे, निशान राई साथै क्षेत्रीय सभापती तिर्थराज भट्टराई र अन्य नेता कार्यकर्ताको भव्य उपस्थिति रहेको थियो ।