April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

कोशी कोभिडमा विधुत आपुर्ति असहज बन्दा गयो ६ जना संक्रमितको ज्यान

1.8K

विराटनगर । विराटनगर-१० स्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा विद्युत आपूर्ति असहज बन्दा ६ जना संक्रमितको ज्यान गएको छ ।

हावाहुरी र भारी बर्षाका कारण बिहीबार बेलुका विधुत काटिएपछि अस्पतालको उपकरणहरु नचलेर संक्रमित बिरामीको ज्यान गएको हो । अस्पतालले सहज विधुत आपुर्तिको व्यवस्था नमिलाएपछि स्वास्थ्य उपकरणहरु चल्न छोडेर संक्रमितको ज्यान गएको श्रोतको दाबी छ । तर अस्पतालले भने श्वासप्रश्वासको जटिल समस्याका कारण अक्सिजन लेभल घटेर मुटुले समेत काम गर्न छोडेपछि उनीहरुको ज्यान गएको जनाएको छ । जसमा बिहीबार बेलुका १ जना, राती करिब १२ बजे २ जना र शुक्रबार बिहान ३ जना गरि २ महिला र ४ पुरुषको मृत्यु भएको अस्पतालका चिकित्सक डा. डेनप्रसाद आर्चायले बताए ।

बिहीबार राती ११ः३५ मा विराटनगर–५ का ६५ बर्षीय पुरुष, १२ः०५ मा वडा नं.–१ की ५९ बर्षीया महिला र १२ः१५ मा दमक–८ की ५८ बर्षीया महिलाको मृत्यु भएको अस्पतालको सुचना अधिकृत अनुपम राजवंशीको भनाई छ । उनले शुक्रबार बिहान पनि सिराहाको मिर्चैया–१ का आएका २७ बर्षीय पुरुष, सप्तरीको ६० बर्षीय पुरुष र भारदह–३ का ५० बर्षीय पुरुष गरि ३ जनाको ज्यान गएको जानकारी दिए ।

Advertisement

‘अस्पतालद्धारा जारी मृत्यु प्रमाणपत्रमा श्वासप्रश्वास र मुटुको समस्या कारण मृत्यु भएको उल्लेख गरिएको छ’, उनले भने, ‘बिहीबार राती ट्रान्सफर्मरमा समस्या देखिएको हो । पहिले विधुत कटेपछि स्वतः ट्रान्सफर्मर चल्थ्यो । तर हिजो लाईन गएपछि मान्छे राखेर बटम थिच्दै ट्रान्सफर्मर सुचारु गर्नुपरेकाले अलि अप्ठयारो भएको हो ।’

अस्पतालको ट्रान्सफर्मरमा देखिएको समस्याका कारण विधुत आपुर्ति असहज बनेपछि संक्रमित बिरामीको ज्यान गएको श्रोतको दाबी छ । अस्पतालद्धारा जारी प्रमाणपत्रलाई आधार मान्ने हो भने, विधुत आपुर्ति सहज ढङ्गले नभएकै कारण बिरामीले उपचारमा कठिनाई व्यहोर्नुपरेको अनुमान गर्न सकिन्छ । हाल कोभिड–१९ उपचार केन्द्रमा भने ८७ जना सक्रिय संक्रमितहरुको उपचार भईरहेको छ ।