November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

स्वास्थ्य सामाग्रीमा कालोबजारी : ७ वटा फार्मेसी कारबाहीमा

3K

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर, सुनसरीको धरान, इटहरीलगायतको क्षेत्रमा स्वास्थ्य सामाग्रीको अधिक मात्रामा कालोबजारी हुने गरेको पाइएको छ ।

स्वास्थ्य समाग्रीमा कालोबजारी हुने गरेको जनगुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरले मोरङ र सुनसरीको ९ वटा फार्मेशीमा अनुगमनको गरेको थियो । अनुगमनको क्रममा पछिल्लो तीन दिनमै ७ वटा फार्मेशीले स्वास्थ्य सामाग्रीमा अस्वभाविक मुल्य कायम गरि अत्याधिक मुनाफा राखि कालोबजारी गरेको भेटिएको हो । ति फार्मेसीलाई वाणिज्य कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाहीको दायरमा ल्याएको छ ।

कडा लक्षणसहितको गम्भिर प्रकृतिका कोरोना संक्रमित बढेर अस्पतालको शैय्या भरिएर विरामीले उपचार नपाएर मृत्युवरण गरिरहेको समयमा पनि व्यापारी र बिचौलियाहरूले मानविय संम्बेदनसिलता भुलेर स्वास्थ्य सामाग्रीमा कालोबजारी सुरु गरेका छन् । दोस्रो लहरको कोरोना भाइरस संक्रमण र निषेधाज्ञाको फाइदा उठाउँदै व्यवसायी र बिचौलियाहरूले स्वास्थ्य सम्बन्धी सामग्री, उपकरण र औषधिमा कालोबजारी गरेका हुन् ।

Advertisement

गत आइतबार अनुगमनको क्रममा मोरङको बुढीगंगा गाउँपालिका–२ टंकिसिनवारीमा रहेको विज्ञान फार्मेसीले सेनिटाइजरको कालोबजारी गरेको भेटिएको थियो । उक्त फार्मेशीले १ सय ६ प्रतिशितसम्म मुनाफा राखि सेनिटाइजर बिक्री वितरण गर्दै आएको थिए ।

मञ्जरी आयुर्वेद औषधी उद्योगले उत्पादन गरेको ‘रव क्लिन’ ब्रान्डको सेनिटाइजरमा खरिद गरेको भन्दा १०६.२५ प्रतिशित मुनाफा राखि बिक्री गरेको भेटिएपछि उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले २ लाख रुपैयाँ जरिवना ग¥यो । १२० एमएलको स्यानिटाइजर ८० रुपैयाँमा खरिद गरी विज्ञान फार्मेशीले १ सय ६५ रुपैयाँ बिक्री वितरण गर्दै आएको अनुगमनको क्रममा भेटियो ।

गत मंगलबार सुनसरीको इटहरीमा रहेको थोक बिक्रेता विविता सर्जिकल हाउसले पनि सेनिटाइजरमा कालोबजारी गरिएको भेटियो । भारतीय कम्पनीले उत्पादन गरेको ‘लाइफ ग्रुथ’ ब्राण्डकोे ह्यान्ड स्यानिटाइजर १ सय ३ प्रतिशत भन्दा बढी मुनाफा राखि बिक्री गरेको अनुगमनको क्रममा फेला परेको थियो । ३९.३० मा खरिद गरेको सेनिटाइजर ८० रुपैयामा बिक्री गरेको भेटिएपछि वाणिज्य कार्यालयले २ लाख जरिवना गरेको थियो । उल्लेखित प्रतिनिधी मुलक घटनाले पनि स्वास्थ्य समाग्रीमा कालोबजारी बढेको पुष्टि गर्दछ ।