April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

४ गतेसम्म पूर्वी नाका सिल

2.9K

झापा । भारतको पश्चिम बंगालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घन्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ ।

पश्चिम बंगालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए ।

Advertisement

उनकाअनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ ।