April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इलामका मृगौला पिडित दिपकलाई ३ लाख ६६ हजार सहयोग

2.3K

इलाम । इलामको देउमाई नगरपालिका ५ निवासी दुवै मृगौला पिडित दिपक लिम्बूको उपचारको निम्ति संकलित ३ लाख ६६ हजार २ सय ४८ रुपैया हस्तान्तरण गरिएको छ । देश विदेशमा संचालित अभियानबाट संकलित उक्त रकम मंगलबार एक कार्यक्रमका बिच उनलाई हस्तान्तरण गरिएको हो ।

कतारमा तारा चापागाइले ३८ हजार ६ सय , गणेश लुईटेलले २६ हजार ४ सय, तथा होम फियाले २२ हजार ८ सय २८ रुपैया संकलन गरेका थिए । उता मलेसियाबाट बिष्णु फियाकको अगुवाइमा १ लाख ६१ हजार २ सय ४८ र धिरेन पोर्तेलको अगुवाइमा २० हजार ९सय ५० रुपैया संकलन भएको थियो ।

त्यस्तै दक्षिण कोरियाबाट महेन्द्र कार्कीको अगुवाइमा ७२ हजार ७ सय रुपैया तथा केशव कुंवरले २३ हजार ७ सय २२ रुपैया संकलन गरेका थिए । नेपालका बिभिन्न ठाँउबाट यसअघि ६३ हजार ९ सय ५२ रुपैया संकलन गरि हस्तान्तरण गरिएको थियो । उनको उपचारमा हालसस्म चार लाख भन्दा बढी खर्च भइसकेको र अझै लाखौ रुपैया लाग्ने अभियन्ता राजन लिम्बुले बताए ।

Advertisement