April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

दिगो विकासका लागि जनता सचेत हुन आवश्यक: उपमेयर राई

5.1K

खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिका उपमेयर विमला राईले स्थानीय तहको दिगो विकासका लागि सबै भन्दा पहिले जनता सचेत रहनु पर्ने बताएकी छन् ।

नगरपालिकाको वडा नं ८ धितुङमा आयोजित ‘उज्यालो वडा’ घोषणा कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेकी उपमेयर राईले पछिल्लो समय स्थानीय तहमा भ्रष्टाचार मौलाएको भन्दै त्यस्तो कार्यलाई रोक्न स्थानीय जनताले सदैव खबरदारी गरिरहनु पर्ने बताइन् ।

नगर महासंघ केन्द्रीय महिला विभाग उप–संयोजक समेत रहेकी उपमेयर राईले भनिन्, “स्थानीय सरकार बनेपछि विकास निर्माणका कामहरुको प्रगति बढे पनि पछिल्लो समयको नेकपा पार्टी नेतृत्वको विवादका कारण जनताले दु:ख पाएका छन्”।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर राईले अबको दिगो विकास र मुलुकको समृद्धिका लागि युवाहरु लाग्नु पर्नेमा जोड दिदै समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्दै महिलाहरुलाई पनि विकासमा साझेदार बनाउनु पर्ने बताइन् ।


उनले खेलकुद मार्फत देशको विकासका लागि युवाहरुलाई खेलकुद क्षेत्रमा सहभागी गराउने उदेश्यले खेलकुद विकास समिति समेत गठन गरिएको बताउदै जनताले चाहेको बिकासका कामहरु आफू जनप्रतिनिधि रहेको स्थानीय सरकारले गरिरहेको बताइन् ।