April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

ओली प्रवृत्ति,तानाशाही शैली: कांग्रेस नेता रवि प्रकाश

6.5K

खोटाङ: नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता रवि प्रकाश राईले प्रधानमन्त्री केपी ओलीले संवैधानिक “कू” गरेर तानाशाह शैलीमा चल्न खोजेको आरोप लगाएका छन् । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध आज देशव्यापी रुपमा आयोजना गरेको विरोध प्रदर्शन अन्तर्गत खोटाङमा आयोजित विरोध सभालाई सम्वोधन गर्दै नेता राईले प्रधानमन्त्री ओलीले आफ्नो खल्तीबाट निकालेको कानूनी विधिलाई प्रयोग गरेर अलोकतान्त्रीक ढङ्गबाट प्रतिनिधिसभा बिघटन गरेको बताए ।

सम्बोधनका क्रममा नेता राईले भने ‘कांग्रेस दर्शनले मात्र मुलुक चलेको छ, कांग्रेसको लोकतान्त्रिक विधिबाट नेपालको संविधान वनेको हो, त्यही संविधानको आडमा सत्तामा कम्युनिष्ट पार्टी पुरेर जनताले दुख पाए’ ।

नेपाली जनताको लोकतान्त्रिक अधिकारलाई उपभोग गर्नु पर्ने कुराहरुलाई नसोची आज कम्युनिष्ट पार्टीले मुलुकलाई संकटको चंगुलमा पुर्याएको आरोप लगाउदै नेता राईले मुलुकको समृद्धिका लागि सबै पार्टी एकजुट हुनु पर्नेमा जोड दिनु भयो ।

Advertisement

मुलुकको समृद्धिका लागि कांग्रेसले कहिले पनि सहाकार्यको साथ नछोडेको भन्दै नेता राइले भने ‘नेपाली जनताको मन जित्न र जनताको मतको सम्मान तब मात्र हुन्छ, जब हिमालदेखि तराई र मेची देखि महाकालीसम्म सबै पार्टीको एकता हुन्छ’ ।

नेता राईले नेकपालाई आफ्नो सैद्दान्तिक विधिमा चल्न नसक्ने पार्टीको संज्ञा दिदै मुलुकको लोकतान्त्रिक संविधानको रक्षा कांग्रेसको नेतृत्वले मात्र गर्न सक्ने ठोकुवा गरे ।

उनले नेकपा विभाजनको विषय सर्वोच्च अदालतमा विचाराधिन रहेकाले अदालतको फैसला अनुसार कांग्रेस अगाडि बढ्ने बताउदै नेकपा पार्टी जबसम्म निर्वाचन आयोगमा दुई वटा पार्टीको मान्यता पाउदैन र दुइवटै पार्टीले एउटै निर्वाचन चिन्ह पाउदैन तबसम्म कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० विभाजनको मान्यता नदिने बताए ।