विराटनगर । नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन आजदेखिसुरु हुँदैछ । अधिवेशन जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा हुन हुनेछ ।
अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनका लागि अध्यक्ष ओलीसहितको शीर्ष नेता १० बजे जनपुर आउने जनाइएको छ ।
अधिवेशनको लागि मञ्च, पण्डाल, आवाश तथा अतिथिको लागि आवासलगायतको व्यवस्थापनसहित सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ ।