November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रदेश प्रमुखबाट पदमुक्त भएका परियारले भने-‘राजनीतिक प्रतिशोध साधियो’

5K

जनकपुर : प्रदेश २ का पदमुक्त प्रदेश प्रमुख तिलक परियारले राजनीतिक प्रतिशोधका कारण आफूलाई पदमुक्त गरिएको बताएका छन् । उनले कानुनी व्यवस्था केही छ भन्ने पदमुक्तको मामिलामा सर्वोच्च अदालतमा अपील गर्ने पनि बताए ।

‘पदमुक्त गर्ला भन्ने कुनै शंका गरेको थिइनँ,’ जनकपुरस्थित सरकारी निवासमा शुक्रबार अपरान्ह उनले भने,‘पदमुक्त गरिएको राष्ट्रपति कार्यालयबाट इमेल आएपछि झसङ्ग भएँ ।’ उनले पदमुक्त गरिएको मामिलामा राष्ट्रपति कार्यालयले इमेलबाटै जानकारी गराएको र अहिलेसम्म फोनमा कुनै प्रकारको खबर नगरेको पनि बताए ।

‘पदमुक्त गरिएकोमा दंग परेको छु,’ भावुक मुद्रामा परियारले भने,‘प्रदेश प्रमुखको भूमिका तटस्थ र निष्पक्ष निर्वाह गरेको छु । मधेसमा खेल्नुपर्ने भूमिका सबै खेलेँ । सरकारले दिएको जिम्मेवारी सबै पूरा गरेँ । कुनै गुट–उपगुटमा लागिनँ ।’

Advertisement

उनले पूर्वमाओवादी घटकबाट पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा प्रदेश प्रमुख नियुक्ति भएको बताउँदै त्यसैले पूर्वाग्रह सोच राखेर पदबाट मुक्त गरिएको आशंका गरे ।