October 4, 2024, Friday
२०८१ आश्विन १८
1:37:26 pm

समाज रूपान्तरणमा आम सञ्चारको भूमिका महत्त्वपूर्ण छ: सोमप्रसाद पाण्डेय

1.8K

पाल्पा । नेकपा (एकीकृत समाजवादी) का लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्व मन्त्री सोमप्रसाद पाण्डेयले समाज रूपान्तरणमा आम सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए । अध्यक्ष पाण्डेयले नेपाली जनताको ठूलो बलिदानले २०७२ सालमा नेपालको संविधान प्राप्त गरेको जनाउँदै अब संविधानको अक्षरस पालन गर्दै मुलुकलाई समृद्ध बनाउन आवश्यक रहेको बताए ।

बुधबार समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा बाँकेको कोहलपुरमा आयोजित वृहत रक्तदान कार्यक्रममा बोल्दै उनले भने, ‘मुलुकले जुन परिवर्तन हासिल गर्नुपर्ने थियो त्यो अझै गर्ने सकेन, नेपाली जनताले नेपालको पवित्र संविधान हासिल गरे । त्यसलाई कार्यन्वयन गर्ने अबको बाटो हो । अब देशमा कुनै क्रान्तिको आवश्यक छैन, अब देशमा मात्र आर्थिक क्रान्तिको धेरै आवश्यक छ ।’

कार्यक्रम बोल्दै समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदीले पत्रकार पेशामा अब्बल, दक्ष र विचारमा प्रतिबद्ध हुनुपर्ने बताए ।

Advertisement

अध्यक्ष सुवेदीले समाजवादी प्रेस संगठन नेपाल विद्रोहबाट अघि बढेको संगठन भएको बताउँदै संगठनको उद्देश्य भनेको बाम प्रगतिशील पत्रकारलाई ऐक्यवद्धता गराउने रहेको बताए ।
कार्यक्रममा बोल्दै समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष हृदय भुसालले समाजवादी प्रेस संगठन क्रियाशील पत्रकारहरुको संगठन भएको बताए । भुसालले पत्रकारिता अब सुशासनको लागि आवश्यक रहेको जिकिर गर्दै भ्रष्टाचारी विरोधी आन्दोलनमा समेत पत्रकारिता क्षेत्र लागि परेको बताए । भुसालले रक्तदान जीवनदान भएको बताउँदै रक्तदान गर्दा दिने व्यक्तिलाई पनि फाइदा हुने र आफूले गरेको रक्तदानले कसैको जीवन बच्ने पनि बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न स्थानमा निर्वाचित जनप्रतिनिधि, कार्यक्रमलाई विभिन्न स्थानबाट सहयोग गर्ने सहयोगी संघ संस्था लगायतलाई सम्मान गरिएको थियो ।

समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसालको अध्यक्षता, बाँके जिल्ला कमिटी अध्यक्ष लोकनाथ शर्माको स्वागत मन्तव्य र बर्दिया जिल्ला अध्यक्ष प्रताप गौतमको संचालनमा भएको थियो ।