बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले विकास, लोकतन्त्र र संघीयतालाई व्यवहारमै कार्यान्वयनमा लैजाने बताएका छन् । प्रदेशसभामा अहिलेसम्म देखिएका संवैधानिक र कानुनी अड्चन फुकेको बताउँदै उनले लुम्बिनी प्रदेशलाई संघीयता कार्यान्वयन र विकासको नमुना प्रदेश बनाउने बताए ।
मुख्यमन्त्रीको शपथग्रहणपछि कान्तिपुरसित संक्षिप्त कुरा गर्दै उनले गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेकाले गठबन्धनको नीति तथा कार्यक्रमलाई साझा कार्यक्रमका रुपमा अगाडि बढाउने बताए । ‘छोटो समय छ तर नमुना काम गर्नेछौं,’ उनले भने, ‘गठबन्धनले साझा कार्यक्रम बनाएर परिवर्तनमुखी काम गर्नेछ ।’
शपथग्रहणपछि ७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका केसीले बिहीबार नै पदभार ग्रहण गरे ।