April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री पाण्डेयद्वारा राजीनामा

5.5K

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले पदबाट राजीनामा दिएका छन् । शंकर पोखरेल नेतृत्वको सरकारमा पार्टी नीति विपरित गएका मन्त्री पाण्डेयले मंगलबार राजीनामा दिएका हुन् । 

गत वैशाख ६ गते ​जसपाबाट मन्त्री बनेका पाण्डेयलगायत तीन जनालाई पार्टीले कारवाही गर्दै सांसद पदबाट हटाएको थियो । त्यसका विरुद्ध तिनै जना अदालत गएपनि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । 

अदालतको निर्णयसँगै पाण्डेयले नैतिक कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । अदालतबाट अन्तरिम आदेश नआएपछि आज आफूले नैतिकताको आधार राजीनामा दिएको पाण्डेले बताए ।

Advertisement

जसपाको तर्फबाट मन्त्री बनेका अन्य दुई जना विजय बहादुर यादव र कल्पना पाण्डेय भने मन्त्रीमा कायमै छन् । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

लुम्बिनी प्रदेशमा जसपा  ६ जना सांसदहरु रहेका थिए ।  पार्टीले कारवाही गरेपछि अव संसदमा जम्मा तीन जना सांसद रहेका छन् । ती सवै पोखरेल सरकार विरुद्धको गठबन्धन दलतिर लागेका छन् । 

यसैबीच मुख्यमन्त्रीविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि बुधबार प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ ।