April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

कोहलपुर दुर्घटना अपडेट : मृत्यु हुने पाँचमध्ये ४ जनाको सनाखत

3.7K

कोहलपुर बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित बाँके राष्ट्रिय निकुञ्जमा बस र टिप्पर दुर्घटना हुँदा ज्यान गुमाएका ५ मध्ये चारजनाको पहिचान खुलेको छ । चारजना मृतकको सनाखत भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रवीन्द्र खनालले बताए ।

मृत्यु हुनेमा टिप्पर​का सह–चालक उदय बाँठा र टिपर चालक २५ वर्षीय खगेन्द्र बहादुर सुनार छन् । उनीहरु दुवै कोहलपुर–१२ बस्दै आएका थिए ।

सुर्खेत घर भएका ४१ वर्षीय जीवन कुमार बिक र झापाको मेची नगपारपालिका– १० घर भएका छत्रबहादुर कटुवाल छन् । दुर्घटना ज्यान गुमाएकी करिब ३५ वर्षीया महिलाको पहिचान खुल्न बाँकी छ ।

Advertisement

सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र ना अ क–४१ नम्बरको टिपर आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ७ जना गम्भीर घाइते भएका छन् । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।