November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एमालेले सरकार बनाएको भए कर्णालीको रूपरंग फेरिन्थ्यो: शंकर पोखरेल

2.8K

काठमाडाैं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले कर्णाली प्रदेश सरकार बनाएको भए रूपरंग फेरिने दाबी गरेका छन्।

कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिन नपाएकाले कर्णालीका जनताले संघीयताको फाइदा लिन नसकेको उनले बताए।

‘एमालेले कर्णाली सरकारको नेतृत्व गर्न पाएको भए यहाँको रुपरंग फेरिन्थ्यो,’ सुर्खेतमा आयोजित कार्यक्रममा पोखरेलले भने, ‘कर्णाली पछाडी पर्नुमा एमाले जिम्मेवार होइन, अबका दिनमा एमालेले नेतृत्व लिएर कर्णालीको समृद्धिको लागि अघि बढ्ने गरी लाग्न म यहाँका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्दछु।’

Advertisement

एमालेको बलियो किल्लाका रूपमा कर्णालीलाई स्थापित गर्न उनले आग्रह गरेका थिए। उनले एमालेभित्र पनि अवसरवादी प्रवृत्ति मौलाएको बताए। पार्टी भित्रका नेता तथा कार्यकर्ताहरुको आचरण बिग्रिन थालेको उनको भनाइ थियो।

‘हाम्रा नेता कार्यकर्ताको बानी बिग्रेको रहेछ, टिकट पाए जिताउँछु भन्नुपर्ने ठाउँमा म भए ठिक, नभए बेठीक भन्ने प्रवृत्ति देखियो,’ पोखरेलले भने, ‘यो कम्युनिष्ट आचरण होइन।’

टिकट नपाएपछि घरमै बसिदिने, प्रचारप्रसारमा साथ नदिने र टिकट पाएको उम्मेदवारलाई हराउन लाग्ने जस्ता प्रवृत्ति एमालेमा मौलाएको उनले बताए।

उनले स्थानीय चुनावमा पनि एमालेले लोकप्रिय मत ल्याएको बताए। कांग्रेसले गठबन्धन गरेर केही धेरै सिट जितेको उनको भनाइ थियो। एकल हिसावले हेर्दा एमालेले नै धेरै मत ल्याएको दाबी उनले गरेका थिए।

फरक प्रसंगमा उनले नागरिकता विधेयक पारित गर्नु सरकारको नालायकीपन भएको टिप्पणी गरेका थिए।

नागरिकता विधेयक हतारमा पारित गर्नु सरकारको नलायकीपन भएको उनको भनाइ थियो।

आतबार बिहान पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले नागरिकता विधेयक नेकपा सरकारमा रहँदाकै बेला प्रस्तुत भएको र राज्य व्यवस्था समितिमा झण्डै दुई वर्ष छलफल भएर निश्कर्ष निकालेको बताए।

राज्य व्यवस्था समितिले निकालेको निश्कर्षलाई फिर्ता गरी नयाँ विधेयक प्रस्तुत गरेर पारित गर्नुले एकप्रकारको असन्तुलन पैदा गरेको उनले बताए।