काठमाडौ । नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशनअन्तर्गत कालिकोटका जिल्लाका ९ वटा स्थानीय तहहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
स्रोतका अनुसार रास्कोट नगरपालिकामा वीर फर्साल, खाँडाचक्र नगरपालिकामा भानुभक्त शर्मा आचार्य, तिलागुफा नगरपालिकामा धिरेन्द्र थापा, पालाता गाउँपालिकामा धिरबहादुर बम, पचालझरना गाउँपालिकामा प्रजापति संज्याल, सानी त्रिवेणी गाउँपालिकामा वीरेन्द्र केसी, नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला, बहाबै गाउँपालिकामा पुराधी अधिकारी र शुभकालिका गाउँपालिकामा दीर्घबहादुर शाही सभापति चयन भएका छन् ।