November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गोरखामा पहिरो, ५ वेपत्ता

1.5K

काठमाडौं । गोरखाको धार्चे–५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् ।

स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो ।

पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

Advertisement

खोर्लाबेसीबाट नेपाली सेना र आरुघाटबाट सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।