January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

दीपक मनाङे गण्डकीको भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त

2.6K

कास्की । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ भौतिक पूर्वाधार मन्त्री बनेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्त गरेका उनलाई आजै सपथ ग्रहणको तयारी रहेको छ ।

मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित भएपछि मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए । उनले आइतबार मात्र आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न संसद सचिवालय गण्डकीमा निवेदन दिएका थिए ।

संघीय सरकारमा एमाले–माओवादी गठबन्धन बनेपछि कांग्रेस संसदीय दल नेता पाण्डेको नेतृत्वमा रहेको प्रदेश सरकार अल्पमतमा छ । मुख्यमन्त्री पाण्डेले बहुमत पु¥याउन सांसद मनाङे, माओवादी केन्द्रको चुनाव चिन्हबाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र राप्रपाको समर्थन खोजेका छन् ।

Advertisement

मुख्यमन्त्री पाण्डेले सांसद मनाङे, देवकोटा र राप्रपाका २ सांसदको समर्थन पाउँदा बहुमत पु¥याउन सक्छन् ।