November 3, 2024, Sunday
२०८१ कार्तिक १८
1:37:26 pm

गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्री बर्खास्त

२०८० फाल्गुन २२

1.6K

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र) का दुईजना मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । माओवादीबाट गण्डकी सरकारमा रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जाली मगर र सामाजिक विकास मन्त्री सुशीला सिंखडालाई मुख्यमन्त्री पाण्डेले मंगलबार मन्त्री पदबाट हटाएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले र रास्वपासहित नयाँ गठबन्धन बनाएका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गोरखा क्षेत्र नम्बर २ को २ बाट निर्वाचित हुन् । प्रधानमन्त्री दाहाल पनि ०७९ मंसिरमा भएको चुनावमा गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित हुन्। त्यसबेला कांग्रेस र माओवादी गठबन्धन गरेर चुनाव लडेका थिए ।

Advertisement

प्रचण्डले माथिको समीकरण तोडेपछि आफूले गण्डकीमा तोडेको उनले बताए ।

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका सभामुखसहित ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ जना सांसद छन् । बहुमतका लागि ३१ जना सांसद चाहिन्छ ।