April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

श्रमिक र राेजगारदाताका लागि सामाजिक सुरक्षाकाेष अत्यावश्यक: धनराज आचार्य

1.7K

पोखरा । पाेखरा महानगरका प्रमुख धनराज आचार्यले श्रमिक र राेजगारदाता दुवैका लागि सामाजिक सुरक्षाकाेष अत्यावश्यक रहेकाे बताएका छन् ।

एकीकृत ट्रेड युनियन महासंघ गण्डकीकाे आयाेजित सामाजिक सुरक्षा सम्बन्धि श्रमिक तथा सराेकारवालाका लागि प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बाेधन गर्दै उनले पाेखरा महानगर सामाजिक सुरक्षाकाेष लागू गर्न प्रतिवद्ध रहेकाे भन्दै  महानगर भित्रका सबै औद्योगिक प्रतिष्ठानहरूलाई काेषमा आवद्ध हुन आवहानसमेत गरे ।

उनले भने, “सामाजिक सुरक्षा काेष मजदुर र राेजगारदाता दुवैलाई अनिवार्य छ । यसले सबैकाे सुरक्षाकाे ज्ञारेन्टी गर्छ । त्यसैले यसमा जानू अनिवार्य छ ।”

Advertisement

कार्यक्रममा बाेल्दै एकीकृत समाजवादी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष विष्णु लम्सालले सामाजिक सुरक्षाकाेषमा सहभागिता मजदुरकाे अधिकारकाे विषय रहेकाे बताए । उनले यस्ता कार्यक्रमले जागरूकता ल्याउने धारणा राखे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्ण नेपाली, कास्की जिल्ला कमिटीका उपाध्यक्ष पूर्ण लामा, विद्यार्थी नेता सन्तोष न्यौपाने, लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा संगठनका अध्यक्ष विष्णु लम्साल, उप महासचिव सुर्य कुंवर र पोखरा महानगरपालिका सामाजिक सुरक्षा कोषका प्रमुख रमेश ढुङ्गेलले सामाजिक सुरक्षा कोषको बारेमा प्रशिक्षण दिएका थिए ।

एकीकृत समाजवादी ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष तिल वहादुर बिक (तिलक) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव हरिराम धितालले गरेका थिए । कार्यक्रममा १५० जना विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक तथा अन्य सरोकारवालाहरुको सहभागिता थियो ।

सो अवसरमा नेकपा एमाले निकट नेपाल स्वतन्त्र होटल युनियनका उपाध्यक्ष तथा होटल पोखरा ग्राण्डका संयोजक मनमोहन गायक सहित १५ जना एकीकृत समाजवादी ट्रेड युनियन महासंघमा प्रवेश गरेको अध्यक्ष बिकले जानकारी दिए । कार्यक्रमकै अवसरमा मुक्तिलाल गुरुङको अध्यक्षतामा वन तथा निर्माण समिति कास्की गठन गरिएकोसमेत विकले बताएका छन् ।