काठमाडौं । कास्कीको पोखराम कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । गएराति करिब १ बजेतिर महानगरपालिका वडा नम्बर ५ प्रस्याङमा बसको ठक्करबाट पोखरा महानगरपालिका-३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अन्दाजी ३५ वर्षीय देखिने पुरुषको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनीहरूलाई बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा१३च ३७२१ नम्बरको कारले सिद्धार्थ बैंक अगाडि ठक्कर दिएको थियो ।
कार चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। कारलाई भने वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा छ ।