November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

धर्मकाया बुद्ध मण्डलाको ८ औं वार्षिक साधारणसभा सम्पन्न

2.3K

पोखरा । धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिको ८ औं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । पोखरा ११ काँहुडाँडालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्दै पोखरा एवम नेपालकै समृद्धिका लागि योगदान पुग्ने गरी धर्मकाया बुद्धमण्डला निर्माणका लागि गठित समितिको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि पोखरा महानगरपालिका ११ नम्बरका वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले काँहुडाडामा निर्माण हुने धर्मकाया मण्डलाले पोखरा एवम नेपालकै पर्यटकीय केन्द्रको रुपमा विकास हुने बताउनुभयो। मण्डला निर्माणका लागि सक्दो छिटो पहल गर्न समितिलाई आग्रह गर्दै आफु र वडा कार्यालयको तर्फबाट सक्दो साथ सहयोग हुने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा समितिका सल्लाहकार बिलबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै आफु रहदै काँहुडाडामा धर्मकाया मण्डला निर्माण हुने अपेक्षा गरे ।

Advertisement

साधारणसभामा धर्मकाया बुद्धमण्डला विकास तथा व्यवस्थापन समितिका सचिव पुर्ण लामाले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्याम शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने साधारणसभाले दुवै प्रतिवेदन पारित गरेको थियो ।
समितिकी अध्यक्ष रुद्रकुमारी गुरुङ मैनाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भरतराज शाक्यले स्वागत र सचिव पुर्ण लामाले कार्यक्रम संचालन गरेका थिए ।