November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गण्डकी प्रदेशमा मंगलबार मात्र नयाँ सरकार बन्ने

1.8K

काठमाडौं । गण्डकी प्रदेशमा मंगलबार मात्र नयाँ सरकार बन्ने भएको छ । गण्डकीमा शनिबार एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले विश्वासको मत नपाएर सरकार ढलेपछि नयाँ सरकार बन्ने भएको हो ।

स्रोतका अनुसार सोमबार गठबन्धनले सरकार निर्माणको प्रक्रिया सुरु गर्ने छ । नयाँ सरकार संविधानको धारा १६८ को २ वा ३ अनुसार बनाउने भन्नेमा अन्योलता देखिएको स्रोतले जनाएको छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतले पहिलो चरण आफूले नेृतृत्व गर्ने काँग्रेसको तयारी छ । गण्डकीमा अहिलेसम्म माओवादी केन्द्रका सरकार बन्न नसकेको भन्दै माओवादीले पनि पहिलो चरण नेतृत्वको दाबी गरेको छ ।

Advertisement

काँग्रेसकै नेतृत्वमा सरकार बन्ने सम्भावना भएको एक काँग्रेस नेताले बताएका छन् ।