November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

1.8K

काठमाडौं । विश्वासको मत नपाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन्। प्रदेश सभाको शनिबार बसेको बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो ।

मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा एमालेका २२ र राप्रपाका २ जना गरी २४ जना सांसदले मात्र समर्थन गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका २७ जना र माओवादी केन्द्रका ८ जना गरी ३५ जना सांसदले विश्वासको मत दिएनन्।

मुख्यमन्त्रीबाट अधिकारी बर्खास्त भएसँगै अब नेपाली काँग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने पक्का भएको छ। उनलाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले समर्थन दिने बताइएको छ।

Advertisement

एमाले गण्डकीका संसदीय दलका नेता अधिकारी पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए। माओवादी केन्द्र र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले एमालेका तीन जना, माओवादी केन्द्रका दुई जना र राप्रपाका एक जना मन्त्री नियुक्त गरेका थिए।

संघीय सरकारबाट एमाले बाहिरिएपछि गत चैत १० गते गण्डकी सरकारबाट माओवादी केन्द्र बाहिरिएको थियो।