March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

२०७८ कार्तिक १७

5.4K

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिकाले नागरिकलाई सहज बनाउन टोलटोलमा पुगेर भत्ता वितरण गरेको हो । ग्लोबल आईएमई बैंक नौथर शाखाको समन्वयमा टोलटोलमा पुगेर प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार बैंकसम्म आउन नागरिकलाई असहज हुने भएकाले टोलमै पुगेर सामाजीक सुरक्षा भत्ता वितरण गरिएको हो ।

गाउँपालिकाले १ नम्बर वडादेखि ९ सम्मका नागरिकलाई टोलमै पुगेर सामाजीक सुरक्षा भत्ता वितरण गरेको छ । अशक्त र अपांगता भएकालाई भने घरमै पुगेर प्रदान गरिएको हो ।

Advertisement

नागरिकलाई दशैं लगत्तै सामाजिक सुरक्षा भत्ता वितरण थालिएको हो । अशक्त र अपांगता भएका नागरिकलाई बैंकसम्म आउन समस्या हुने भएकाले वडाको पायक पर्ने ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता दिइएको हो ।

नौथरसम्म आउन केही गाउँका नागरिकलाई १ दिन लाग्ने भएकाले विकटतालाई मध्यनजर गरी उक्त व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत सम्शेर गुरुङले बताए । गाउँपालिकामा २ हजार ८ सय ८० जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । बृद्धबृद्धा, एकल महिला, अपांगता भएका व्यक्तिलाई गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।