March 13, 2025, Thursday
२०८१ फाल्गुन २९
1:37:26 pm

गण्डकीका मुख्यमन्त्रीलाई मनाङ लिएर गएको हेलिकोप्टर फर्कन मानेन

4.4K

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सेनाको हेलिकोप्टर चढेर मनाङ पुगेका उनी त्यहि अड्किएका छन् ।

सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री सहित मुख्यमन्त्री पोखरेल मनाङ पुगेका थिए । बाढीले पुर्‍याएको क्षतिको निरीक्षण गर्नुका साथै प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरूसँग बाढीले पुर्‍याएको क्षतिको बारेमा मनाङ पुगेका मुख्यमन्त्रीले जानकारी लिएका थिए । यस्तै उनले राहत तथा उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिए ।

सेनाको हेलिकोप्टरमा मनाङ पुगेका मुख्यमन्त्री पोखरेल फर्कने क्रममा समस्या भएको छ । मुख्यमन्त्रीलाई लिएर गएको सेनाको हेलिकोप्टर उद्धार कार्यमा आएको भन्दै मुख्यमन्त्रीलाई लिएर फर्कन नमानेपछि मुख्यमन्त्री पोखरेल र उनी सहित गएको टोली मनाङमा अड्किएको छ ।

Advertisement

गण्डकी प्रदेशका प्रवक्ता कुमार खड्काका अनुसार मनाङमा अड्किएको मुख्यमन्त्री सहितको टोली निजी एयरको हेलिकोप्टरबाट आउन लागेको बताए । तर गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयले भने उक्त हेलिकोप्टर प्रदेश सरकारले खर्च बेहोर्ने गरी पोखरा मनाङ पोखराका लागि प्रबन्ध गरिएको बताएको छ ।

मुख्यमन्त्री पोखरेलले भोलि विश्वासको मत लिने कार्यक्रम छ । विश्वासको मत लिनु अघिल्लो दिन भएको यो घटनालाई निकै चासोका साथ हेरिएको छ ।