November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

स्वास्थ्य मन्त्रालयले माग्यो १ सय ९१ जना कर्मचारी

२०७७ कार्तिक २०

5.2K

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशका लागि करारमा स्वास्थ्य सम्बन्धी जनशक्ति माग गरेको छ। 

केस अनुसन्धान तथा कन्ट्याक्ट ट्रेसिङ, कोभिड–१९ का बिरामीहरुको पेसेन्ट प्रोफाइल तथा प्रयोगशाला सम्बन्धी तथ्यांक संकलनलाई व्यवस्थित गर्न सातै प्रदेशमा करारमा जनशक्ति माग गरिएको हो। तीन महिनाका लागि माग गरिएको जनशक्तिले स्वास्थ्य सेवा विभाग, विभाग अन्तर्गतका विभिन्न महाशाखाहरु, प्रदेश स्वास्थ्य निर्देशनालयहरु, जिल्लाका स्वास्थ्य कार्यालयहरु तथा कोभिड –१९ को उपचार गर्ने अस्पतालमा काम गर्नेछ। 

स्वास्थ्य सम्बन्धी विभिन्न विषय पढेका १ सय ९१ जनाको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरखास्त आह्वान गरेको छ। आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले ७ दिनभित्र दरखास्त दिनुपर्ने बताएको छ। 

Advertisement