April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्छः मन्त्री पाण्डे

1.3K

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्ने बताएका छन् । भाषा आयोगको स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले भाषाको प्रवर्द्धनका निम्ति कामकाजी भाषाको प्रयोग बढाइनुपर्ने बताएका हुन् ।

उनले नेपालमा हाल भाषाको संख्या एक सय ३१ वटा पुगेको र यो संख्या अझै थपिँदै जाने उल्लेख गर्दै ध्वनि लिपीका रूपमा नआएसम्म लोप हुन सक्ने बताएका हुन् ।

आफूले जिम्मेवारीमा आएपछि हालसम्म मन्त्रालयको बारेमा बुझिसकेको र अब सुधार तथा रूपान्तरण गरेर अघि बढ्ने पनि उनले बताए । मन्त्रालय मातहतको संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई सुधारेर यसप्रतिको विश्वास अभिवृद्धिमा सक्रिय हुने उनले बताएका हुन् ।

Advertisement