भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् ।
लामाले राखेको प्रस्तावको पक्षमा ६४ मत प्राप्त भयो भने विपक्षमा ३५ मत र ३ जना तटस्थ रहेका थिए । मतदानमा १ सय ३ उपस्थित थिए ।
कुल १ सय १० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५६ मत आवश्यक पर्छ । मुख्यमन्त्री लामालाई कांग्रेसका ३७ र एमालेका २७ जना प्रदेशसभा सदस्यले मत दिएका छन् । मुख्यमन्त्री लामाको विपक्षमा नेकपा माओवादी केन्द्र, राप्रपा र नेकपा (एस)का सांसदले मत दिएका थिए ।