April 14, 2026, Tuesday
२०८३ बैशाख १
1:37:26 pm

लालबन्दी वाङ्मय परिषद्ले पुरस्कारको लागि १० कृति छान्यो

1.7K

काठमाडौँ । लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०८१ का लागि छनोट भएका १० कृतिहरूको नाम लालबन्दी नगर वाङ्मय परिषद्ले सार्वजनिक गरेको छ ।

स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रमेश सायनको अन्तर, यज्ञराज उपाध्यायको काली कर्णालीको लोकसाहित्य र संस्कृति, नगरकोटीको जोगियाना, प्रा.डा. ध्रुवेशचन्द्र रेग्मीको नेपाली सङ्गीत दरबार, धीरेन्द्र प्रेमर्षिको पुरुष परीक्षा, मोमिला जोशीको प्रश्नहरू त बाँकी नै रहन्छन्, खेम बतासको बुढीपोल्ली, अखण्ड भण्डारीको बोरा, भूपिनको भूपिनका कविता र मोहन मैनालीको मुकाम रणमैदान परेका विज्ञप्तिमा जनाइएको छ ।

mostbet

वाङ्मय परिषद्लाई प्राप्त कृतिहरूमध्ये सम्मान तथा पुरस्कारका लागि कृति छनोट समितिले छनोट गरी सूचीकृत गरेका १० कृतिहरूमध्येबाट उत्कृष्ट एक कृतिलाई वाङ्मय परिषद्ले पुरस्कृत गर्ने परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताए ।

Advertisement

सम्मान तथा पुरस्कारका लागि कृति छनोट समितिले उक्त १० कृतिहरूमध्येबाट पुनः एक उत्कृष्ट कृति छनोट गरी सिफारिस गरेपछि उक्त कृतिलाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार– २०८१ प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । पुरस्कारको राशि नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र छ ।